Emblem Of Nepal

कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी विकास निर्देशनालय

पशु अस्पताल तथा पशु सेवा कार्यालय

रुकुम पश्चिम (भाग)

Nepali Flag

यस कार्यालयकाे स्थापना भेटेरीनरी डिस्पेन्सरी कृषि शाखा अन्तरगत रहेकाेमा व‍ि‍ स २०३७ सालमा छुट्टै कार्यालयकाे रुपमा पशु स्वास्थ्य तथा पशु विकास कार्यक्रम सञ्चालन गरियाे । पछी वि‍‌ स २०३८ सालमा ७५ वटै जिल्लामा पशु चिकित्सालयकाे रुपमा परिवर्तन भयाे । यसरी पशु विकास तथा पशु स्वास्थ्य सम्वन्धि कार्यक्रम सञ्चालन गर्दै आईरहेकाेमा वि स २०४४ मा पशु विकास तथा पशु स्वास्थ्य शाखाकाे नामाकरण भई जिल्ला पशु सेवा कार्यालय भयाे र तत्कालिन श्री ५ काे सरकारकाे निर्णय अनुसार एउटै छाना मुनिकाे निति अनुरुप जिल्ला कृषी विकास कार्यालयमा गाभिएर कार्यक्रम सञ्चालन गर्दै आएकाेमा वि स २०७५ मा जिल्ला पशु सेवा का्रयालय र कृषी विकास कार्यालयबाट अलग भई सुचारु रुपमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहकाे छ ।हाल २०७२ साल देखि पशु सेवा कार्यालयको नाम परिवर्तन भई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कायम गरीएको थियो । पुनः २०७६ साद भाद्र १३ गते देखि पशु अस्पताल तथा पशु सेवा कार्यालय  नामाकरण भई कर्णाली प्रदेश सरकार अन्तर्गत रहि आफ्नो कार्य अगाडी वढाईरहेको छ । हाल पशु अस्पताल तथा पशु सेवा कार्यालवाट पशु स्वास्थ्य सम्वन्धि काम र पशु विकास सम्वन्धि काम गरी पशु जन्य उत्पादन दुध फुल मासु माछा उत्पादन तथा उत्पादकत्व बढाई कृषकहरुलाई पशुजन्य पदार्थवाट आयआर्जन बढाई गरिवि निवारणमा टेवा पुर्याईरहेको छ ।